२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपलमा जाहेरी दर्ता

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ २९, २०८०

(एबिसि संचार )

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपलमा जाहेरी परेको छ ।

नक्कली बाबु बनेर नागरिकता दिलाइदिएको पाइएपछि नागरिकता किर्तेमा छानबिन भोगिरहेका मेयर समूहविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात कीर्तेको जाहेरी दर्ता भएको हो ।मेयर सिंहले बाबु बनेर नागरिकता दिलाएकी युवतीकी आमाले मेयर सिंहलाई जोगाउन अदालतमा पेश गरेको कागजात फर्जी रहेको भन्दै स्थानीय लियाकत अलिले जिल्ला प्रशासन कार्यालयमा जाहेरी दर्ता गरेका हुन् ।

मेयर सिंहको किर्ते नागरिकता प्रकरण जोगाउन रिता भट्टराईले जिल्ला अदालतमा दिएको निवेदनमा पेश भएको सरकारी कागजात फर्जी भएको जोहेरीमा उल्लेख छ ।

जाहेरीमा भनिएको छ– ‘रुबिना श्रेष्ठ नाम गरेकी युवतीको नागरिकता बनाउनका लागि मेयर राजेशमान सिंहले साक्षी किनारा बसेर पेश गरेको सरकारी कागजात फर्जी रहेको पाइएको छ ।’

मेयरको नागरिकता किर्ते प्रकरण छानबिनका लागि वीरगंज पुगेको गृह मन्त्रालयको टोलीलाई शनिबार मेयर सिंहले आफूले बहुविवाह गरेको र नागरिकता दिलाइदिएको युवती आफ्नै छोरी भएको भन्दै बचाउमा बयान दिएका थिए ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]