२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लीनस्वीप

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ २९, २०८०

(एबिसि संचार )                                                                    ​​लगातार तीन वटा खेल जित्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा क्लीनस्वीप गरेको छ ।    पहिलो खेलमा रोमाञ्चक ७ रन, दोस्रो खेलमा ४ विकेटको जीतपछि अन्तिम खेलमा ९ विकेटको शानदार जीतसहित नेपालले क्लीनस्वीप गरेको हो । अन्तिम खेलमा २३३ रनको लक्ष्य पछ्याउने क्रममा शानदार जीत दर्ता गर्दा अनिल साह र भीम सार्की दुवैले शतक प्रहार गरे । साहले १२४ बलमा ११२ रन बनाए । यस क्रममा उनले १२ चौका र १ छक्का प्रहार गरे । यस्तै, सार्कीले १२९ बलमा १०१ रन बनाए । यस क्रममा उनले ११ चौका र १ छक्का प्रहार गरे ।

दुवै खेलाडीले एकदिवसीय क्रिकेटमा पहिलोपटक शतक प्रहार गरेका हुन् । पहिलोपटक नेपाली खेलाडीले एउटै खेलमा दुई वटा शतक हानेको कीर्तमानसमेत साह र सार्कीको नाममा रहन पुगेको छ ।

दोस्रो खेलमा क्यानडाविरुद्ध १९ बलमै सबैभन्दा छिटो अर्धशतक हानेर साहले नेपाली खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाएका थिए ।

लगत्तै फेरि उनले शतक प्रहार गरेका हुन् । लगातार दुई चौका प्रहार गर्दै ११८ बलमा शतक प्रहार गरेका हुन् । साथै उनी प्लेयर अफ द म्याच बने ।

त्यस्तै, अर्का खेलाडी भीम सार्कीले पनि शतक प्रहार गरे । उनले १२७ बलमा शतक प्रहार गरेका हुन् ।

नेपालको लागि कुशल भुर्तेलले १३ रन बनाए ।

क्यानडालाई तेस्रो खेलमा पनि कम योगफलमा रोक्न डेब्यू गरेका हेमन्त धामीले ८ ओभरमा ४९ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २, ललित राजवंशी र आकाश चन्दले १/१ विकेट लिए ।

नेपाललाई २३३ रनको लक्ष्य दिने क्रममा क्यानडाको लागि नवनीत धलिवालले ५०, निखिल दत्तले ४५, साद विन जाफरले ३१ र हर्ष ठाकेरले २९ रन बनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]