(एबिसि संचार ) व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज वार्षिकोत्सव मनाउँदै छ । काठमाडौंको भृकुटीमण्डममा कार्यक्रम गरी अभियानले वार्षिकोत्सव मनाउन लागेको हो । कार्यक्रमका लागि अभियानले देशका विभिन्न भागबाट सहभागी बोलाएको छ । यसअघि गत मंसिर ७ गते का७माडौं केन्द्रित प्रदर्शन गरेको अभियानले यसपालि भने सभा मात्रै गर्ने भएको छ । सभामा सहभागी हुन प्रसाईंले विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्ता दिएका छन् । तर, प्रमुख दलका नेताहरू कार्यक्रममा सहभागी हुन सम्भावना भने न्यून छ। कसैले सकारात्मक जवाफ दिएका छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निम्तो दिइएको थियो । तर, पूर्वराजा शाह प्रसाईंको कार्यक्रम छलेर आइतबार नै चितवनतिर लागेका छन्।
प्रसाईंको कार्यक्रमप्रति राप्रपा र राप्रपा नेपालले भने सकारात्मक प्रतिक्रिया दिएका छन् ।
आजको कार्यक्रममा अभियानले विभिन्न चरणका प्रदर्शनका कार्यक्रम पनि सार्वजनिक गर्ने बताएको छ ।