(एबिसि संचार ) झण्डै ८ किलोग्राम सुनसहित पोखराबाट एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले ७ किलोभन्दा बढी सुन र ६ किलो बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भई पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स सञ्चालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक रहेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन केसीले जानकारी दिए ।