२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

पुलिस लेखिएको भारतीय गाडी नेपाल प्रहरीले नियन्त्रण लियो

Logo
Abc Sanchar प्रकाशित बुधबार, फाल्गुण ०२, २०८०

(धर्मेन्द्र चौधरी )

नेपाल भारत सिमानामा एक रोचक दृश्य देखियो । सिमा नाकामा हुने भारतीयको कडा चेकिङ छिकोल्दै   एक भारतिय नम्बर प्लेटको गाडी नेपाल तर्फ प्रवेश गर्‍यो  मानौँ कि कुनै साउथ इन्डियन फिल्मको सुटिङ हुँदैछ  नेपालमा ।

इन्डियन कस्टम पनि रोक्न सफल भएन गाडी नेपाल प्रवेश गर्‍यो । कृष्णनगर बजारमा घुइँचो लाग्यो गाडी अगाडि हुत्तियो कसैले भेउ पाएनन् तर एक पब्लिकले जिल्ला एसपी लाई फोन लगाए कुनै दुर्घटनाको गाडी चन्द्रौटा तर्फ गयो भनेर ।
इप्रका कृष्णनगरले पिछा गर्यो गाडी कम्तिमा पनि सयको स्पिडमा हुनु पर्छ पिछा गर्ने सइ दामोदर डाङ्गी बताउछन । भन्सार , शसस्त्र प्रहरी, ट्राफिक प्रहरीलाई उछिनेर अघि बढेको गाडी कृष्णनगर प्रहरीको पन्जाबाट भने उम्कन सकेन । कृष्णनगर प्रहरीका करिब ४ मोटरसाइकलमा प्रहरीले घेरा हाली गाडी नियन्त्रणमा लिन्छन् गाडीमा लेखिएको हुन्छ POLICE . ।

UP51AX3170  भारतिय नम्बर प्लेटको गाडी फिल्मी शैलीमा नेपाल छिर्यो फिल्मी शैलिमै प्रहरीको फन्दामा पर्यो ।

इन्डियामा कतै दुर्घटना गराई भागेको हुनसक्ने प्रहरीको अनुमान छ। अगाडिको बम्परको भाग कच्याककुचुक भएको र चालकले मापसे गरेको इप्रका कृष्णनगरका प्रहरी निरिक्षक ( इन्स्पेक्टर )लक्ष्मण ओलीले बताउनु भयो । इन्डिया बस्तिका नागरिक शिव प्रसाद उपाध्ययको नाममा उक्त गाडी पुलिस लेखिए पनि इन्डियन पुलिसको भए नभएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!