२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

अयोध्यामा राम मन्दिर र लखनउको एक प्रहरी थानालाई बमले उडाइदिने धम्की

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

अयोध्यामा राम मन्दिर र लखनउको एक प्रहरी थानालाई बमले उडाइदिने धम्कीपूर्ण चिठ्ठी आएको छ । प्रहरीले सितापुर रोडस्थित पाल रेस्टोरेन्ट नजिकै यो चिठ्ठी फेला पारेको हो । चिठ्ठीमा दुई जनाको नाम र एक युवतीको मोबाइल नम्बर लेखिएको छ ।यस मामिलामा यूपीको बिकेटी प्रहरी थानामा अज्ञात मानिसहरुविरुद्ध उजुरी दर्ता गरिएको छ । प्रहरीले यस मामिलाबारे छानबिन शुरु गरेको छ । यस अघि पनि यूपीमा एक युवतीको नाम र नम्बर लेखिएको यस्तै खालको पत्र ठाउँ ठाउँमा भेटिएको छ । यस्तै खालको पत्रबारे प्रहरीले यस अघि नै छानबिन शुरु थालेको थियो ।तर ती चिठ्ठी विरुद्ध कुनै एफआईआर भने दर्ता भएका थिएनन् । भर्खरै भेटिएको चिठ्ठीको विषयमा भने प्रहरीले एफआईआर दर्ता भएपछि छानबिन शुरु गरेको छ । युवतिलाई बदनाम गर्ने नियतले यस्तो गरिएको हो कि भन्ने आशंका पनि प्रहरीको छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!