(एबिसि संचार ) स्याङ्जामा १ जना मृतावस्थामा फेला परेका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ सल्यान गहते बस्ने ६० वर्षीय खड्क बहादुर काफ्ले क्षेत्री पनि सोही ठाउँस्थित खोपाको खोला जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।विगत ४ दिन देखि खड्क बहादुर काफ्ले क्षेत्री हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।