(एबिसि संचार ) पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पाटे बाघ मृत भेटिएको छ । सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर २ रामभौरीस्थित एउटा बाघ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । श्री दिपनारायण आदर्श स्कुलको ३०० मिटर पूर्व खाली खेतमा बाघ मृत भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जनाए । उनका अनुसार आज बिहानको खेतमा बाघ मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । घटनाबारे जानकारी प्राप्त भए लगत्तै प्रहरी चौकी रङ्गपुर टाँडी र इलाका प्रहरी कार्यालय एकटाङ्गको टोली र वन कार्यालयको टोली घटनास्थल पुगेको प्रहरीले बताएको छ ।