२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ब्राजिलियन महिलामाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, फाल्गुण २३, २०८०

भारतमा हालैका वर्षहरूमा बलात्कारका घटना बढेका छन् । बेला बेलामा पर्यटक समेत बलात्कारमा परेका घटनाहरू पनि आइरहेका छन् । झार खण्डको दुम्कामा स्पेनबाट आएकी एक ब्राजिलियन पर्यटकको सामूहिक बलात्कार भएको  छ ।यस घटनामा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ  । यसअघि प्रहरीले तीन अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरेको थियो । पीडित महिला पतिको साथमा मोटरसाइकलमा वर्ल्ड टुरमा निस्किएकी थिइन् । यस घटनामा फरार भएका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले लगातार छापा मारिरहेको थियो ।यस घटनामा प्रहरीले अहिलेसम्म आठ जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ । सामूहिक बलात्कारको घटनापछि चिकित्सकीय र कानुनी प्रक्रिया पूरा गरेर ती महिला मोटरसाइकलमै नेपाल आएको बताइएको छ । पीडित र उनको श्रीमान् ट्राभल भ्लगर हुन् । पीडित महिलाका पतिले इन्ष्टाग्राममा स्पेनी भाषामा पोस्ट गरिएको एक भिडियोमा बताएअनुसार उनीहरुले गर्धनमा चक्कु तेर्स्याएर बलात्कार गरेका थिए । तर पछि सो भिडियो डिलिट गरिएको थियो । शुक्रवार राति जङ्गलमा क्याम्पिङ गरेर बसेको बेलामा सो घटना भएको थियो । बलात्कारको घटना भएको केही बेरपछि गस्तीमा आएको प्रहरीले उनीहरूलाई अस्पताल लगेका थिए । यो घटनाको पुष्टि प्रहरी र डाक्टर दुवैले गरेका थिए ।  बलात्कारका घटना न्यूनीकरण गर्न भारत सरकार असफल भइरहेको छ । सन् २०२२ मात्रै त्यहाँ साढे ३१ हजारभन्दा धेरै बलात्कारका घटना भएका थिए । यो अघिल्लो वर्षको भन्दा २० प्रतिशतले धेरै हो । भारतमा पयर्टकहरु समेत बलात्कारमा पर्न थालेपछि अन्तर्राष्ट्रिय चासो बढेको छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]