(एबिसि संचार ) प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१० बाट ४ राउन्ड गोली सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा राम र बागमती नगरपालिका–८ बस्ने वर्ष २४ को रञ्जित राम छन् ।अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।