(एबिसि संचार )
सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार चोकस्थित प्रमीला होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार थापा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।