(एबिसि संचार )
बझाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले जबरजस्ती करणी आरोपमा बित्थडचिर गाउँपालिका –१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई पकाउ गरेको हो ।
फागुन ११ गते दिउँसो ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोप बोहरामाथि छ । गाइगोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्की सहित जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।