(एबिसि संचार )
दार्चुलामा भिरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । आज बिहान ११ः ३० बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडि रहेको भिरबाट लडेर प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको हो ।
प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय उमेश कुवँरलाई अस्पताल लैजान खोज्दा हतकडीसहित भागेपछि चौधरीले उनलाई समात्न खोज्दा लडेर टाउकोमा गम्भीर चोट लागेको थियो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो ।