(एबिसि संचार ) मकवानपुरको नेवारपानीबाट ८४ किलोभन्दा बढी लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डबाट ८४ किलो १२० ग्राम लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा नेवारपानीस्थित सडक किनारबाट भारतीय गाडीमा लुकाइ ल्याएको सो परिमाणको लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।