(एबिसि संचार ) सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै नो अब्जेक्सन लेटर (एनओसी) शाखा प्रमुखले पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित एनओसी शाखामा एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भीड बढेको तर, आफूले सेवा दिन नसकेको भन्दै प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका हुन् ।