(एबिसि संचार )
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको छ । आज बिहान ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएको हो ।
विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।