(एबिसि संचार )
कैलालीमा गुड्दागुड्दै दुईवटा ट्रकमा आगलागी हुँदा दुई करोड २८ लाखभन्दा बढीको क्षति पुगेको छ।
सोमबार कर्णाली पुल र हिजो (शनिबार) बर्दगोरिया गाउँपालिका–१ मुडामा लाइटर, औषधि, खुर्सानी, बच्चाको प्याड बोकेका ट्रकमा आगलागी भएको हो। दुबै आगलागीका घटनाबाट दुई करोड २८ लाख ६१ हजार मूल्य बराबरको सामग्री जलेको अनुमान गरिएको छ।वीरगञ्जबाट धनगढी आउँदै गरेको प्रदेश ३–०३–००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले बताए।