(एबिसि संचार )
गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा युवतीको हत्या आरोपमा पक्राउ परेका एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
१२ कक्षामा अध्ययनरत १८ वर्षीया सुस्मा लामाको हत्या गरी गाडेको अवस्थामा फागुन २५ गते प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन गरेको थियो । सुस्माको हत्याको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरेको थियो । प्रहरीले उनलाई आतबार सार्वजनिक गरेको हो ।