(एबिसि संचार )
पर्साको छिपहरमाई गाउँपालिकामा अश्लिल भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी सज्जाद अहमद रहेका छन्।
स्थानीयहरूले अहमदले गाउाँपलिका क्षेत्र भित्रका सयौको संख्यामा स्कुल पढ़ने बालिकादेखि गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको भन्दै प्रहरीलाई जिम्मा लगाएका हन्।
प्रहरीले उनको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइव बरामद गरेको छ। वैदेशिक रोजगारमा रहेका अहम्मद नेपाल फर्किएपछि यस्तो गतिविधिमा लागेको स्थानीयको आरोप छ।