(एबिसि संचार ) पर्सा प्रहरीले ६ लाख रुपैयाँ हुन्डीको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१६ को दुर्गा हल पछाडिको गल्लीबाट हुन्डीको रकमसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । धनुषा गणेशमान चारनाथ नगरपालिका ६ घर भई हाल वीरगन्ज १६ बस्ने ५० वर्षीय रामबाबु साह कलवारलार्ई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए । कलवारको झोलाबाट एक हजार दरका ३३५ थान र ५०० दरका ६८२ थान गरी ६ लाख ८२ हजार रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता थापाले जनाए ।