(एबिसि संचार )
केही समय यता फेसबुक , इन्स्टा लगायतका सामाजिक सञ्जालमा समस्या देखिने क्रम निरन्तर छ । एक महिना अघि मात्र करिब ४० मिनेट फेसबुक अकाउन्ट आफै बन्द भएको थियो ।४० मिनेट सम्म फेसबुक आफै बन्द भएपछि नेपालमा मात्र नभई विश्वमा नै हलचल मच्चिएको थियो । त्यस्तै प्रयोगकर्ताहरू भने अकाउन्ट ह्याक भएको भन्ने त्रासमा रहेका थिए ।
बुधवार फेसबुककै मेसेन्जरमा समस्या देखिएको छ । प्रयोगकर्ताहरू अनमा बसे पनि आफै अफलाइन देखाइदिने समस्या देखिएको छ । प्रयोगकर्ताहरुले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, स्टोरी नदेखिने, सर्च नहुने तथा प्रोफाइल र कभर पिक्चर नदेखिने समस्या देखा परेको गुनासो गरेका छन् ।
यो समस्या विश्वभरिका अधिकांश प्रयोगकर्ताहरुले रिपोर्ट गरेका छन् ।