(एबिसि संचार )
धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको हो ।
बुधबार राति मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले बताए ।घाटी रेटीएपछि गम्भीर घाइते नदाफलाई उपचारका लागि भारत लगिएको थियो । उनको उपचारको क्रममा राति २ बजे मृत्यु भएको थियो । प्रहरीले नदाफका दुई जना साथीलाई पक्राउ गरेको छ ।