(एबिसि संचार )
बैतडीमा भिरबाट लडेर एक बालिका घाइते भएकी छिन्। जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका लोकेश महराकी ८ वर्षीया छोरी भावना महरा लडेर घाइते भएकी हुन्।
शनिवार बिहान ११ बजेतिर घर नजिकैको वनमा बाख्रा चराउन गएकी महरा लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।