(एबिसि संचार ) होलीलाई लक्षित गर्दै काठमाडौँसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ ।काठमाडौँ उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म दुई सय ४१ सवारी साधनलाई होल्ड गर्दै चालकलाई कारबाही गरिएको छ ।काठमाडौँ उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी जीवन कुमार श्रेष्ठले बताए ।