(एबिसि संचार )
उदयपुरको कटारी नगरपालिका–५ स्थित छाउरीखोला नजिक एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । टाउको एकातिर र शरीर अर्कोतर्फ रहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
खोला छेउको घारीमा पहिचान नखुलेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डीएसपी) सुवास राईले बताए ।