(एबिसि संचार ) कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अलिलाई आइतबार १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।अलिले घरबाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए ।