२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

हुण्डी कारोबार गर्ने गिरोह पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, चैत्र २०, २०८०

(एबिसि संचार )                                                                बारा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । उक्त गिरोहले दैनिक सरदर २ करोडको कारोबार गर्दै आएको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीले सोमबार बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४, मुसहर्वाबाट हुण्डी गिरोहका २ जना नाइकेलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ का हरिकिशोर प्रसाद पटेल र बाराको महागढी नगरपालिका वडा नम्बर १ बस्ने रमेश कुश्वहालाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।बारा प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ परेका दुवै जना अभियुक्त ठुलो रकममा कारोबार गरिरहेका नाइके रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!