२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

सुनसरीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र २३, २०८०

(एबिसि संचार )

सुनसरीको हरिनगर गाउँपालिका– १ स्थित भुटाहामा दुई समूहबीच झडप हुँदा ४ जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

बिहीबार एसईई परीक्षाका विषयमा बालकृष्ण माविमा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएको थियो । समूहबीच झडप भएपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रहरीले ६ राउण्ड हवाइ  फायर तथा ११ राउण्ड अश्रूग्यास प्रहार गरेको छ ।साथै दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]