२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नि .शुल्क स्वास्थ्य शिविर गरे होटल पाैवा भालुवाङले

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, चैत्र २३, २०८०

 

बिदुर एम सी,
२३ चैत्र,भालुवाङ । दाङको देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिका-१ भालुवाङस्थित होटल पाैवाले ८ औं स्थापना दिवसका अवसर पारेर मधुमेह, मृगौला र उच्च रक्तचापको नि :शुल्क रूपमा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

देशभरका १२ वटा शाखा स्थापना गरिसकेको वर्तमान परिप्रेक्षमा चैत २५ गते आइतबारका दिन विभित्र कार्यक्रम गरिने आयोजक पौवाले जनाएको छ । त्यसै शिलशिलामा भालुवाङ शाखाले बुटवलस्थित केन डाइबेटिज एण्ड थाइराइड सेन्टरको प्राविधिक सहयोगमा नि :शुल्क स्वास्थ्य जाँच गर्न लागेको शुक्रबार होटल पाैवामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत सो विषयमा भालुवाङ शाखाका प्रमुख श्याम न्याैपानेले जानकारी दिएका छन् ।

आम नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर हाेटल
पाैवाले प्रदेश राजधानी केन्द्र पर्ने भालुवाङमा पहिलो पटक नि :शुल्क स्वास्थ्य सेवा दिन लागेको छ । बढ्दो सुखसयलकाे जीवनशैलीका कारण मानिसहरूमा उत्पन्न मधुमेह, मृगौला र उच्च रक्तचाँपको जांचगरि परामर्श दिन थालेको शाखा प्रमुख न्याैपानेले बताएका छन् । आइतबार विहान ७ बजे देखि ११ सम्म शिविर सञ्चालन हुने र सवैलाई सेवा लिन शाखा प्रमुख न्याैपानेले आग्रह गरेका छन् ।

नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रस्तुतिका रुपमा उदाएको छ । नेपालीपन, नेपाली सेवा र नेपाली परिकारले परिचित पौवाको नेपाली हस्पिटालिटीलाई पहिलो प्राथमिकतामा राखेर नेपाली चाडपर्व, जनजातकिा रैथाने स्वाद र संस्कृतिलाई ब्राण्डिङ गर्दै सेवा अभियानलाई निरन्तर अगाडि बढाइएको छ ।

देशका विभिन्न १२ स्थानहरुबाट सेवा दिँदै आएको पौवाले १३ औ शाखाका रुपमा बाँकेको नेपालगन्जमा सेवा विस्तार गर्ने योजना समेत बनाएको छ । देशभर रहेका पौवाका १२ वटा शाखामा करिब ४ सय ५० जना युवाहरुलाई हस्पिटालिटी सेवामा रोजगार दिएको छ ।

स्थापनाको ८ औं वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा आफ्नो पहुँच पुगेको पाैवाले जानकारी दिएको छ । भैरहवाको होटल पौवा सञ्चालनमा रहेको छ । दाङको भालुवाङ, लमही र घोराही, बुटवलको योगीकुटी, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, पर्यटकीय राजधानी गण्डकी प्रदेशको राजधानी पोखरा, बागमती प्रदेशको काठमाडौंको गौशालामा संचालनमा रहेको छ । त्यसैगरी सुदुरपश्चिमको धनगढीमा पनि संचालन भइरहेको छ । कर्णाली प्रदेशको जुम्लामा पौवाले सेवा सुरु गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]