०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)का दुई विशेष दरबन्दी थप

Logo
Abc Sanchar प्रकाशित सोमबार, चैत्र २६, २०८०

(एबिसि संचार )                                                                  नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)का दुई विशेष दरबन्दी थपिएको छ । साइबर ब्युरो र केनाइन महाशाखामा डिआइजीको पद राखिएको हो । शुक्रबार बसेको मन्त्रिरिषद बैठकले दुई डिआइजीको दरबन्दी थप गर्ने प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्याल तथा केनाइनकी डा. देउती गुरुङलाई बढुवाका लागि विशेष दरबन्दी थप भएको हो । बढुवा भएका अधिकारीले अवकाश पाएलगत्तै पद खारेज हुने गरी विशेष दरबन्दी थपिएको मन्त्री शर्माले बताए ।प्रहरी प्रधान कार्यालयले डिआइजीको तीन विशेष दरबन्दी थप्न प्रस्ताव गरेको थियो । तर, प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको दरबन्दी भने थपिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सागर थापा) दाङ । इलाका प्रहरी कार्यालय गढवा दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्की जिल्ला दाङ गढवा गा.पा.वडा नं.०८ मा पर्ने नेपाल भारत सिमानाका कोईलाबासको अनुगमन गर्नुको साथै यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय कोईलाबास दाङको निरिक्षण र कार्यरत प्र.क.हरुलाई आवश्यक निर्देशन दिनु भई भारतिय सिमा सुरक्षा बल SSB संग सिमा सुरक्षा तथा सिमानाकामा […]

(ABC-Sanchar) पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सूचना जारी गरी नाका बन्द हुने जानकारी दिएको हो । सूचनाअनुसार, जेठ १० बिहान ६ बजेदेखि जेठ १२ बेलुकी ६ बजेसम्म पर्सा जिल्लाका सीमा नाकाहरु बन्द रहने छन् । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले जारी गरेको सूचनामा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा […]

ABC (क्राईमबिट) काठमाडौं । पक्राउ पर्नेमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा […]