२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)का दुई विशेष दरबन्दी थप

Logo
Abc Sanchar प्रकाशित सोमबार, चैत्र २६, २०८०

(एबिसि संचार )                                                                  नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)का दुई विशेष दरबन्दी थपिएको छ । साइबर ब्युरो र केनाइन महाशाखामा डिआइजीको पद राखिएको हो । शुक्रबार बसेको मन्त्रिरिषद बैठकले दुई डिआइजीको दरबन्दी थप गर्ने प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्याल तथा केनाइनकी डा. देउती गुरुङलाई बढुवाका लागि विशेष दरबन्दी थप भएको हो । बढुवा भएका अधिकारीले अवकाश पाएलगत्तै पद खारेज हुने गरी विशेष दरबन्दी थपिएको मन्त्री शर्माले बताए ।प्रहरी प्रधान कार्यालयले डिआइजीको तीन विशेष दरबन्दी थप्न प्रस्ताव गरेको थियो । तर, प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको दरबन्दी भने थपिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]