२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

छुरा प्रहार गरी युवकको हत्या

Logo
Abc Sanchar प्रकाशित सोमबार, चैत्र २६, २०८०

(एबिसि संचार )

जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्मा चोकमा आज २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या गरिएको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अवाका अनुसार विश्वकर्मा चोकमा तीन÷चार जनाको एक समूहबीच झगडा हुँदा महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलिया निवासी घर भएका प्रीन्समाथि छुरा प्रहार भएको थियो । प्रीन्सलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता अवाले बताए ।स्थानीयका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते प्रीन्स त्यहाँबाट भाग्दै गर्दा बाटोमा लडी बेहोस भएका थिए । सोही अवस्थामा स्थानीय र प्रहरीले प्रीन्सलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधामको शान्तिनगर बस्ने रोशन दास र अर्का ठेगाना खुल्न नसकेका अर्जुन साहलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता अवाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]