०६ भाद्र २०८२, शुक्रबार
22-08-2025 , Fri
×

सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, चैत्र २९, २०८०

(एबिसि संचार )

पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ ।घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ घुस मागेको भन्ने सुराकीको आधारमा आख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब-इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा प्रहरीले लाखौं रकमसहित २ जना हुण्डी कारोबारी पक्राउ पर्सा । वीरगन्ज महानगरपालिका- २ ईदगाह चौकबाट १४ लाख १३ हजार नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको हो। उक्त रकम सहित वीरगन्ज महानगर २ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नपा ४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार […]

रूपन्देही । भैरहवामा पौने दुई करोडको विद्युतीय चुरोट (भेप) सहित एकजना भरिया पक्राउ परेका छन् । यसको मालिक भने पत्ता लागेको छैन ।लुम्बिनी सांस्कृतिक नगरपालिका- १०, महिलवारबाट प्रहरीले राजश्व छली गरी ल्याइएको १ करोड ७१ लाख २५ हजार रूपैयाँ बराबरको भेपका चालकलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट […]

काठमाडौं । प्रतिगामी शक्ति, खहरेको रुपमा आएको रास्वपा, सरकार ढाल्ने र बनाउने खेलमा लाग्ने माओवादीको राजनीतिक भविष्य नभएको उनको भनाइ छ। नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामीहरुले केही समय पहिले राजनीतिक अस्थिरता मच्चाउन सकिन्छ कि भनेर प्रयास गरेको तर त्यसलाई जनताले बिफल पारेको बताए। ‘प्रतिगामी शक्तिको रुपमा आएका […]

error: Content is protected !!