२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

प्रहरीलाई छानिछानी बढुवा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, बैशाख ०४, २०८१

(एबिसि संचार )                                                                नेपाल प्रहरीभित्र सरुवा, बढुवा पारदर्शी र विभेदमुक्त हुन नसक्दा उच्च मनोबलका साथ कार्यक्षेत्रमा खट्न आनाकानी शुरु भएको छ । खासगरी, बढुवामा कारबाही भोगेका र आफूभन्दा कार्यक्षेत्रमा कमजोर रहेका अधिकृतहरु परेपछि काविल अधिकृतहरुले कार्यक्षेत्र जानेभन्दा जागिर छाडेर अर्को बाटो समात्नेतर्फ ध्यान दिन थालेका छन् ।डिएसपी र एसपीको बढुवा प्रहरी महानिरीक्षकबाटै हुने भएपनि त्यसमा गृहमन्त्री रवि लामिछाने र उनको सचिवालयको पूर्ण हस्तक्षेपकै कारणले विवादित व्यक्तिहरुको अघि बढ्ने वातावरण बनेपछि प्रहरीभित्र असन्तोष पैदा भएको छ ।नेपाल प्रहरीको प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको चैत २१ गते बसेको बैठकले बढुवा भएका इन्स्पेक्टरले फूली लगाएर डिएसपी भैसकेका छन् । बढुवा हुनेहरुमा निर्मल पनेरू, ऋषिराम घर्तीमगर, दीपक मल्ल, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय) छन् । यस्तै, पुरुषोत्तम कार्की, हीरेन्द्रबहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भीषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलकुमार खड्का डिएसपी बढुवा भएका छन् ।अहिले बढुवामा परेकाहरू प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) मै कारबाही भोगेकाहरूलाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा गरेपछि संगठनभित्र असन्तुष्टि बढेको एक अधिकृतले बताए । ती अधिकृतका अनुसार पाँचजना कारबाही भोगेका इन्स्पेक्टर बढुवामा परेका छन् । ऋषिराम घर्तीमगरसमेत कारबाही भोगेका निरीक्षक हुन् । उनी बढुवाको दोस्रो नम्बरमा छन् । रुपन्देहीमा हुँदा हिरासतमा रहेका व्यक्ति भागेको प्रकरणमा रेकर्डमा जनिने गरी उनलाई नसियत दिइएको थियो ।

त्यसैगरी कारबाही भोगेकाहरूमा लक्ष्मण ओली र भीषणबाबु राई पनि हुन् । लक्ष्मण ओलीले दसैँमा घर जान पाइएन भनेर आफूले बोकेको सञ्चार सेट फुटाएर कमान्डरलाई धम्क्याएपछि उनलाई कारबाही गरिएको थियो ।

बढुवा भएका अर्का पुरुषोत्तम कार्की त एक होइन दुई पटक आर्थिक अपचलनमा परी आन्तरिक कारबाहीमा परेका थिए । उनीहरूको बढुवा भइरहँदा काबिल अफिसरहरूको शीर उचो हुन सकेको छैन ।

राजकुमार सिंह, चन्दबहादुर सिंह, योगराज खतिवडा, प्रवीण कार्की, वीरदत्त पन्त, मोहनजंग बुढथापा, गणेश सापकोटा, आशिष् अधिकारीहरू छुटेका छन् ।

अर्को रमाइलो विषय भने करिब आठ वर्ष पनि प्रहरी सेवा नरहेका प्रहरी निरीक्षक कमलकुमार खड्कासमेत बढुवाका लागि सिफारिस भएका छन् । ०७० चैत ९ मा उनीहरू प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए । खड्कासहित वकिल सिंह, हरिसंह बस्नेत, शंकर श्रेष्ठ, मदन थापा, कृष्ण विष्टसहित केही उम्मेदवार वैकल्पिक सूचीमा परेका थिए । दरबन्दी रिक्त हुँदाहुँदै वैकल्पिकमा राखेको भन्दै उनीहरूले प्रहरी प्रधान कार्यालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतको आदेश फैसलाबाट उनीहरू प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका थिए ।२०७२ मा प्रहरी सेवामा प्रवेश गरेको भए पनि दुई वर्ष तालिमै नगरी तलब मात्र खाएर २०७४ मा उनले तालिम लिएका थिए । प्रहरीमा सेवा प्रवेश गरेको उनको ८ वर्ष मात्र भएको छ । खड्का १० वर्ष जागिर खाएकाहरूसँगै बढुवामा परेका छन् । जसले गर्दा अन्यलाई अन्याय भएको छ ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!