(एबिसि संचार ) गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रुपैयाँसहित राजदेवी नगरपालिका-१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती प्रहरीले गस्ती गर्दै जाने क्रममा साइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।