०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, बैशाख ०६, २०८१

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले  खैरो हेरोइनसहित पाँचथरको फालेलुङ गाउँपालिका–५ घर भएका ३५ वर्षीय राजु थाम्सुहाङलाई गत वैशाख ३ गते ललितपुर महानगरपालिका-१४ विशालाचोकबाट पक्राउ गरेको हो । काठमाडौँ उपत्यकालाई  केन्द्रबिन्दु बनाई लागु औषध खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई लामो समयको निगरानी पश्चात् यस लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले थाम्सुहाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रामेश्‍वर कार्कीले जानकारी दिए । उनको साथबाट प्रहरीले खैरो हेरोइन २३२ ग्राम, नगद रु। १ लाख ८० हजार र डिजिटल तराजु १ थान समेत बरामद गरेको छ ।यता सोही दिन ब्युरोबाट खटिएको टोलीले काठमाडौँको गोकर्णेश्‍वर नगरपापालिका–५ जोरपाटीबाट रामेछापको उमाकुण्ड गाउँपालिका–७ घर भएका २१ वर्षीय दिनेश सुनुवारलाई समेत पक्राउ गरेको थियो । सुनुवारलाई नियन्त्रित लागु औषध नाइट्रोभेट ७४९ ट्याब्लेटसहित पक्राउ गरिएको उपरीक्षक कार्कीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

बाँके । नेपालगंज उपमहानगरपालिका ४ स्थित बसपार्क क्षेत्रबाट प्रहरीले कटुवा पेस्तोल १ थान र २ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १७ वर्षीय किशोर छन्, जो सोही नगरपालिकाको वडा नं. ९ का बासिन्दा हुन्।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातली ले अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले संका […]

error: Content is protected !!