०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

“ हतियार र लागु औषध सहित अपराधिक प्रवृतीका बब्लु पासवान पक्राउ,घटनाको विवरण

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख १७, २०८१


मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त ।
वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा ।
प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर नजिक BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा सवार व्यक्ति संकास्पदरूपमा मो.सा.चलाइ आइरहेकोमा रोकि चेकजाँच गर्न खोज्दा उक्त मो.सा.मा सवार ब्यक्ति भाग्न खोजेको अवस्थामा नियन्त्रण लिने क्रममा प्रहरीटोलीबाट सानो हतियार (पेस्तोल) बाट दुई राउण्ड गोली फायर गरी मो.सा.चालक भारत बिहार पूर्वी चम्पारण रक्सौल बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निम्न उल्लेखित लागु औषध तथा हातहतियार बरामद गरिएको, प्रहरी कारवाहीको क्रममा निजको वाँया खुट्टाको घुँडामुनि गोली लागी घाइते भएकोमा तत्कालै उपचारको लागि नारायणी अस्पतालमा लगि उपचार पश्चात यस कार्यालयको नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भइरहेको । पक्राउ परेका व्यक्तिको विवरणः-
नामथरः- बब्लु पासवान भन्ने गणेश कुमार
उमेरः- ४५ वर्ष
वतनः- भारत विहार पूर्वी चम्पारण रक्सौल
बरामद लागु औषध तथा हतियारको विवरणः-
१) Made In USA No 11 पेस्तोल) थान-१(एक)
२) ऐ.का.गोली राउण्ड-२ ( दुई )
३) लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ-४९ ग्राम
४) लागु औषध गाँजा-८८० ग्राम
५) BR05AL 6139 नम्बरको मो.सा बब्लु पासवान भन्ने गणेश कुमारको विगतका क्रियाकलाप तथा अपराधिक गतिविधीहरूः- मिति २०७३।०२।१३ गते जिल्ला बारा महागढीमाई न.पा.वडा नं.१ पसाहा पुल नजिक वीरगञ्ज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार रहेको । मिति २०७९।०६।०३ गते काठमाण्डौ गोठाटार स्थित लाल मोहमदको हत्यामा सलंग्न रहेको।छिमेकी राष्ट्रभारतमा रही पर्सा जिल्ला तथा तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने।साना हतियार तथा लागु औषधको कारोवार गर्ने गरेको।नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको।ठुला उधोग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने गरेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) पोखरा । चालु आर्थिक वर्षको १० महिनामै चेक बाउन्सका मुद्दा बढेर ७१७ वटा पुगेको छ । अझै २ महिनामा मुद्दा बढ्ने प्रहरीको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा २९४ जनालाई कानुन अनुसार मुद्दा चलाइएको थियो । चालु वर्षमा २२९ जना विरुद्ध मुद्दा चलेको छ । त्यसमा ठाडो उजुरीको सङ्ख्या भने गणना गर्नै नसक्ने अवस्था […]

दोलखामा मलामी बोकेका बोलेरो गाडी दुर्घटना १४ जना घाइते (ABC-Sanchar) दोल्खा । जिल्लाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरे गाडी दुर्घटना भएको हो । दुर्घटनामा परेर स्थानीय टकबहादुर कार्कीको मलामी गएर फर्किरहेका १४ गाउँले घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी […]

ABC( क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डम्बर बहादुर थापालाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । ओमकार चन्द, निरन्जन कुमार केसी, राधिका बस्याल