२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

सुनसान नेपालगञ्ज रङ्गशाला

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख १७, २०८१

(महेन्द्र सिंह )

बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् ।

खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० करोड खर्च गरी खेलकुद संरचना बनाइएका थिए । हाल ती संरचना चालु अवस्थामा छैनन् ।त्यतिबेला अत्याधुनिक फुटबल मैदान, प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुल, भारोत्तोलन एकेडेमी, सुटिङ रेञ्ज, ह्यान्डबल, पार्केटिङसहितको भलिबल तथा ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्ट निर्माण गरिएका थिए ।कार्यालय प्रमुख चन्दले खेलकुदमा सङ्घीयता लागू नभएको उल्लेख गर्दै समायोजन नभएका कारण समेत अन्यौल सिर्जना भएको बताए । उनले भने, ‘सरकाले यति धेरै लगानी गरेपछि यसलाई प्राथमिकतामा राखेर काम गर्नुपथ्र्यो ।’ अधिकांश प्रदेशका खेलकुदका कार्यक्रम बुटवल र दाङमा हुने गरेका उल्लेख गर्दै प्रमुख चन्दले राष्ट्रपति रनिङ शिल्डबाहेक अन्य कार्यक्रम नेपालगञ्जमा हुन नसकेका बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!