०९ जेठ २०८१, बुधबार
22-05-2024 , Wed
×

प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

Logo
Abc Sanchar प्रकाशित बुधबार, बैशाख १९, २०८१

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई आज स्वदेश फर्किएका छन् । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरे । हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा अन्तर्राष्ट्रिय सङ्गठित अपराधको खतरा विरुद्ध संयुक्त मोर्चालगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो । प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौँ । कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेर जनकपुरतर्फ लगेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी र डीएसपी अनिल घिमिरेको टोलीले सुरक्षासहित सिरोहियालाई सडक मार्ग हुँदै जनकपुर लगेका हुन् । थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यकक्षबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई नेतृत्वको टिमले उनलाई पक्राउ गरेको […]

(ABC-Sanchar) काठमाडौं । सिएनएनका अनुसार लन्डनबाट सिंगापुर आइरहेको जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीस जना घाइते भएका छन्। जहाजमा २११ जना यात्रु र १८ जना चालक दलका सदस्य रहेको बताइएको छ। एयरलाइन्सले भने विमानमा सवार मानिसको संख्याबारे खुलाएको छैन। मृत्यु हुनेमा ७३ वर्षीय बेलायती नागरिक छन्। १८ जना घाइते अस्पताल भर्ना […]

(रोशन निधि) पर्सा । बिरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले मिति २०८१/०२/ ०७ गते अन्दाजी २२:०० बजेको समयमा बा.प्र.०३-०२-प ९४५० नम्बरको स्कुटीलाई रोकी कानूनी रीतपुर्‍याई जाँच गर्ने क्रममा उक्त स्कुटीको सिटमुनी लुकाइ छिपाई प्लाष्टिकको झोलाभित्र लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १५१ […]