०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मानवबेचबिखन गरेको अभियोगमा धादिङका श्यामबाबु पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख २४, २०८१

(एबिसि संचार )

वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाईदिने भनि झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पु¥याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरूसमेत फरक–फरक बनाई पठाएको, कुवेतको एअरपोर्टमा पुगे पश्चात जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मुलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पु¥याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।साथै, पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि आग्रह गर्दा ५ लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम […]

(ABC-Sanchar) सल्यान । शनिबार कालिमाटी गाउँपालिका वडा नं. ७ सल्यानथरी बस्ने अन्दाजी ३७ वर्षका दिल बहादुर कार्की र साेहि गाउँका प्रकाश परियारको छोरा अन्दाजी ५ वर्षीय सुवास परियारकाे बबई नदिमा नुहाउन (पौडी खेल्ने) क्रममा डुबेर मृत्यु भएकाे हाे । उनिहरु दिउँसाे ४ बजे आ-आफ्नो घरबाट बबइ नदिमा नुहाउन गएकोमा अबेरसम्म घरमा नफर्केपछि स्थानियहरुले प्रहरी चौकी […]

(ABC-Sanchar) बारा । मोतीहारी अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । ‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ’, उनले […]