०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार

Logo
Abc Sanchar प्रकाशित बिहिबार, बैशाख २७, २०८१

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा गोली लागेको बाँकेका एसपी तुल बहादुर कार्कीले बताए ।परियार कोहलपुर नगरपालिका–१२ चप्पलगौँडाका स्थानीय हुन् । परियार सहितको समूहले नेपाल भारत सिमानामा बसेर लागु औषध कारोबार गर्ने गरेको सुराकको आधारमा लागु औषध नियन्त्रण ब्युरोका इन्स्पेक्टर रुपेश विष्ट र सई बालकृष्ण सन्जेल नेतृत्वको टोलीले उनीहरूलाई पछ्याइरहेका थिए । कोहलपुरका पिप्रहवामा प्रहरीलाई देखेर भाग्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको एसपी कार्कीले जानकारी दिए ।प्रहरीले उनीसँगै रहेका २७ वर्षीय प्रमोद कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सागर थापा) दाङ । इलाका प्रहरी कार्यालय गढवा दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्की जिल्ला दाङ गढवा गा.पा.वडा नं.०८ मा पर्ने नेपाल भारत सिमानाका कोईलाबासको अनुगमन गर्नुको साथै यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय कोईलाबास दाङको निरिक्षण र कार्यरत प्र.क.हरुलाई आवश्यक निर्देशन दिनु भई भारतिय सिमा सुरक्षा बल SSB संग सिमा सुरक्षा तथा सिमानाकामा […]

(ABC-Sanchar) पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सूचना जारी गरी नाका बन्द हुने जानकारी दिएको हो । सूचनाअनुसार, जेठ १० बिहान ६ बजेदेखि जेठ १२ बेलुकी ६ बजेसम्म पर्सा जिल्लाका सीमा नाकाहरु बन्द रहने छन् । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले जारी गरेको सूचनामा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा […]

ABC (क्राईमबिट) काठमाडौं । पक्राउ पर्नेमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा […]