
ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने जनाइएको छ । रासस