२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

बलिउड अभिनेता सलमान खानको घरमा गोलबारीको घटनामा प्रहरीले १ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ ०१, २०८१

(ABC-Sanchar)
काठमाडौं । मुम्बई प्रहरीको अपराध शाखाले केही दिन अघि राजस्थानबाट पाँचौँ आरोपी मोहम्मद चौधरीलाई पक्राउ गरेको थियो । यस मामिलामा प्रहरीले हालै हरियाणाबाट हरपाल सिंह नाम गरेका छैटौँ आरोपीलाई समातेको छ ।

सिंहमाथि हमलाका लागि मोहम्मद चौधरीलाई पैसा दिएको आरोप छ । प्रहरीले यस मामिलामा सबैभन्दा पहिला पञ्जाबबाट २ आरोपीलाई समातेको थियो । त्यसपछि गुजरातको भुजबाट अर्का २ जनालाई पक्राउ गरियो । राजस्थान र हरियाणाबाट समेत आरोपीहरू पक्राउ परेपछि सलमानको घरमा हमलाको घटना कति ठूलो रहेछ भनेर सोच्न प्रहरी बाध्य भएको छ ।

१४ अप्रिलको बिहान सलमानको घर ग्यालेक्सी अपार्टमेन्टमाथि मोटरसाइकलबाट आएका दुई शूटरले ५ राउन्ड गोली चलाएका थिए । एउटा गोली सलमानको घरको भित्तामा पनि लागेको थियो । अर्को गोली ड्रइङग रुमको भित्तासम्म पुगेको थियो । हमलावरहरू बाइकलाई घटनास्थलमै छोडेर फरार भएका थिए ।

यस मामिलामा पक्राउ परेका आरोपी अनुज थापनले केही दिनअघि प्रहरी हिरासतमा आत्महत्या गरेका थिए । ग्याङ्गस्टर लरेन्स बिश्नोईका भाई अनमोल बिश्नोईले सामाजिक सञ्जालमा एउटा पोष्ट गर्दै सलमानको घरमा गोलीबारीको घटनाको जिम्मा लिएका थिए । प्रहरीले यस मामिलामा लरेश्न र अनमोललाई मुख्य आरोपी बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!