२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको बहस लम्बियो

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ ०२, २०८१

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको बहस लम्बिएको छ । उच्च अदालत पाटनमा चलिरहेको बहस चिया समय अघि नै सक्ने भनिएपछि बहस लम्बिएका कारण केही धकेलिएको हो ।

जाहेरीवालाका तर्फबाट धेरै कानुन व्यवसायी भएका कारण उनीहरूको बहस लम्बिएको हो । जाहेरवालाका तर्फबाट मङ्गलवार आधा दिनदेखि बहस सुरु भएको थियो । सुरुमा सरकारी वकिलले ओपनिङ बहस गरेका थिए भने त्यसपछि सन्दीपको तर्फबाट बहस भएको थियो ।सन्दीपका कानुन व्यवसायीपछि सरकारी वकिलहरूले जवाफी बहस गरेका थिए । सरकारी वकिलको बहससगै जाहेरवालाको तर्फबाट कानुन व्यवसायीले बहस थालेका थिए । मङ्गलवार अबेरसम्म उनीहरूमध्ये केहीले बहस गरेका थिए ।बुधवार बिहानदेखि उनीहरूकै बहस निरन्तर भएको थियो । चिया समयसम्म सक्नेगरि न्यायाधीशहरुले उनीहरूलाई डेढ घण्टा र सन्दीपका कानुन व्यवसायीलाई जवाफका लागि १ घण्टाको समय निर्धारण गरेका थिए । तर उक्त समय अपुग भएको भनी जाहेरवालाका तर्फबाट समय माग भएपछि इजलासले केही समय उपलब्ध गराएको हो ।

न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दा हेर्दै ’ राखिएको थियो ।

जाहेरवालाहरूको बहस अन्तिम किनारातिर रहेको र उनीहरूको बहसपछि आफूहरूले बहस गर्ने सन्दीपका कानुन व्यवसायीले जनाएका छन् ।

आफूहरूको धेरै कुरा नभएको तर इजलासमा बहसका क्रममा उठेको प्रश्नहरूलाई प्रस्ट पार्नुपर्ने देखिएको ती कानुन व्यवसायीले बताए ।सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ। बहस चलिरहँदा लामिछाने पनि अदालतमै रहेका छन् ।(रास्स)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

error: Content is protected !!