२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बलिउड अभिनेता सलमान खानले मागे माफी विचार गर्न सकिन्छ : बिश्नोई समाज

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ ०२, २०८१

(ABC-Sanchar)
काठमाडौं । अखिल भारतीय बिश्नोई समाजका अध्यक्ष देवेन्द्र बुडियाले कालो हरिण प्रकरणमा बलिउड अभिनेता सलमान खानले माफी मागेमा विष्णोई समाजले माफी दिनेबारे विचार गर्न सकिने बताएका छन् ।

केही दिनअघि सलमान खानकी पूर्व प्रेमिका सोमी अलीले गोली प्रहारको घटनामा उनको समर्थन गरेकी थिइन् । उनले कालो हरिणको मुद्दामा सलमानले गल्ती गर्दा उनी समझदार भई नसकेको बताएकी थिइन् । यस्तो अवस्थामा बिश्नोई समुदायले सलमानलाई माफी दिनुपर्ने र उनीमाथि यस्तो हमला गर्नु नहुने उनको भनाई थियो । सलमानको तर्फबाट उनले बिश्नोई समुदायसँग माफी पनि मागेकी थिइन् ।

यता अध्यक्ष देवेन्द्र बुडियाले सोमीलाई जवाफ दिँदै सलमान आफैले माफी मागे बिश्नोई समाजले माफी दिन सक्ने बताए । उनले थप भने, ‘सलमानले बिश्नोई समुदायलाई उनी माफी माग्न चाहन्छन् भनेर प्रस्ताव गर्नुपर्छ । त्यसपछि उनले मन्दिरमा आएर माफी माग्नुपर्छ। आगामी दिनमा यस्तो गल्ती नगर्ने शपथ लिनुपर्छ र पशुपक्षी संरक्षणका लागि सधैँ काम गर्ने प्रतिबद्धता जनाउनुपर्छ । यदि उनीहरूले यसो गरेमा बिश्नोई समाजले उनलाई माफ गर्ने निर्णय गर्नेछ।

गत अप्रिल १४ तारिखको बिहान मुम्बईको बान्द्रा वेस्टमा रहेको सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोलाबारी भएको थियो । गोली प्रहारको जिम्मेवारी लरेन्स ग्याङका अनमोल बिश्नोई, गोल्डी बरार र रोहित गोदाराले लिएका छन् ।

सन् १९९८ मा भएको कालो हरिण शिकारको घटनालाई लिएर बिश्नोई समुदाय आक्रोशित रहेको भन्दै लरेन्सले टिभी अन्तर्वार्तामा सलमानलाई मार्ने धम्की दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]