(एबिसि संचार ) काठमाडौँको एक गेस्ट हाउसमा महिलाको सामूहिक बलात्कार गरी फरार भएका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–५ घर भई हाल काठमाडौँको कलंकी बस्ने २० वर्षीय सौरभ झा र काभ्रेपलान्चोक नमोबुद्ध–९ घर भई हाल बाफल बस्ने २२ वर्षीय साजन अधिकारी रहेका छन् ।दुई जनामाथि गत वर्षको भदौ २९ गते काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित लोमस गेस्ट हाउसमा परिवर्तित नाम ‘२६ वृत्त कालीमाटी ०८०/०८१ (३)’ लाई पटक–पटक बलात्कार गरेको आरोप छ । घटनापछि फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।रेग्मीका अनुसार झालाई बाफल र अधिकारीलाई ठमेलबाट पक्राउ गरिएको हो ।