२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीको समन्वय र सहकार्य तथा आयोजनामा संचालित महिला शान्ति र सुरक्षा विषयक कार्यशाला गोष्ठी सम्पन्न

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ ०४, २०८१

ABC (क्राईमबिट)

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रमबीच उक्त कार्यशाला सम्पन्न भएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले कार्यशालामा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले संयुक्त राष्ट्र संघ शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बारे चर्चा गर्दै आगामी दिनमा शान्ति स्थापना क्षेत्रहरूमा क्षमता अभिवृद्धिको लागि थप सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यशालामा प्रभावकारी शान्ति स्थापनामा महिलाको समान सहभागिताको लागि आवश्यक मूल्याङ्कन र अन्तरविश्‍लेषणमा समेत छलफल एवम् अन्तरक्रिया भएको उहाँले उल्लेख गर्नुभयो ।

United States Department of State, International Narcotics and law Enforcement Affairs, Regional Chief Marcy Brown ले कार्यशालाको उद्देश्य र महत्वबारे आफ्नो धारणा व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNITAR का Masa Dikanovic ले कार्यशाला सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वैशाख ३१ गतेदेखि संचालित उक्त कार्यशालामा नेपाल प्रहरीबाट ७ जना, सशस्त्र प्रहरी बल नेपालबाट २ जनाको साथै अष्ट्रेलिया, बंगालादेश, भुटान, ब्राजिल, बुर्किना फासो, चीन, फिजी, गाम्बिया, जर्मनी, इन्डोनेशिया, नेदरल्याण्ड, नाइजर, रूवान्डा, सेनेगल, सामोआ, तान्जेनिया, युएई लगायतका विभिन्न राष्ट्रका प्रहरी अधिकृतहरूको साथै UN Women, UN Light Coordination Mechanism (LCM) का प्रतिनिधि समेत गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]