२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले अब १६ वर्षको जागिर अवधिमै पेन्सनको सुविधा

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ ०५, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यससम्बन्धि सुविधा दिने उल्लेख छ । नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ । जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १६ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्री रवि लामिछानको योजना अनुसार अघि बढाउन लागिएको हो ।
नीति तथा कार्यक्रमको बुँदा नम्बर १८० मा भनिएको छ,‘सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ ।’ गृहमन्त्री लामिछानको सचिवालयका अनुसार न्यूनतम पेन्सन अवधि घटाउन कानून संशोधन प्रक्रिया अघि बढीसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]