२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

गर्मीको समयमा नेपालगन्जका अधिकांश हाते नलहरुमा पानी आउन बन्द

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ ०८, २०८१

(ABC-Sanchar)
बाँके । पानीको वैकल्पिक व्यवस्थाका लागि परम्परागत इनारको संरक्षणमा स्थानीय जुटेका छन् ।

अत्यधिक गर्मीको बेला पानीको सतह घट्ने गरेकोले पानीको समस्या हुन थालेपछि परम्परागत रुपमा रहेका जीर्ण भइसकेका र पुरी सकेका इनारहरुको समेत पुन मर्मत सम्भार गरेर सरंक्षण सुरु गरिएको हो । नेपालगन्ज ११ का वडा अध्यक्ष नन्द किशोर कश्यपले वडामा पानीको सतह घटेर पानीको समस्या हुन थालेपछि वडाभित्रका इनार संरक्षण सुरु गरिएको बताउनुभयो । उहाँले इनार सरंक्षणले हाते नलमा पानी घटेको बेला वैकल्पिक पानीको व्यवस्था गर्नुका साथै साँघुरो गल्ली र टोलहरुमा आगलागी हुँदा मोटरसाइकल दमकल लगायतलाई पानी लिन सहज हुने बताउनुभयो ।

उता, नेपालगन्ज उपमहानगरपालिकाले पनि नगरका साँघुरा गल्लीमा हुनसक्ने आगजनीको जोखिमलाई मध्यनजर गरी परम्परागत इनारको संरक्षण गर्न शुरु गरिएको जनाएको छ । नेपालगन्जका मेयर प्रशान्त विष्टले नेपालगन्ज—३ र ७ का अधिकांश ठाउँ साँघुरा रहेकोले चारपाङ्ग्रे सवारीसमेत प्रवेश गर्न नसक्ने बाटो रहेका कारण आगालागीजन्य विपद्का समयमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि इनार संरक्षणमा जोड दिइएको बताउनुभयो ।

उहाँले यसले पानीको वैकल्पिक व्यवस्था गर्ने र आगलागिमा पनि सहज हुने हुँदा इनार कुवा संरक्षण सुरु गरिएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीले उपमहानगरमा सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले इनार संरक्षणमा सहयोग गरिरहेको छ ।

वडा नं ७ मा पुराना कुवालाई संरक्षण गरी चार हजार लिटर पानी ट्याङ्कीमा संकलन गरिराख्ने व्यवस्था मिलाइएको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालय र स्थानीय टोलवासीसँगको सहकार्यमा परम्परागत कुवा संरक्षण गरी आगजनीजन्य विपद्का बेला पानी प्रयोग गर्नसक्ने व्यवस्था मिलाइएको छ ।”

साँघुरो गल्लीभित्रको बस्तीमा आगजनी भएमा ट्याङ्कीबाट जम्मा गरिएको कुवाको पानीले आगो नियन्त्रण गरिने योजना बनाइएको छ । आगो नियन्त्रण तथा समुदाय स्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि १८३ स्वयंसेवक परिचालन गरिनुका साथै वडा नं ३ र ७ मा जनचेतना कार्यक्रम सञ्चालन गरिएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताउनुभयो ।

दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेका बस्तीमा आगजनी नियन्त्रणका लागि स्थानीय कुवाबाट पानी सङ्कलन गरी ‘ड्राइफायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ । यस विधिमा कुवाको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्नेगरी पाइप जडान गरिएको नेपालगन्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँले वडाभित्रका सबैजसो कुवाको संरक्षण सुरू गरिएको बताउनुभयो । इनारलाई सफा गरेपछि अहिले लुगा धुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्नेलगायत कामका लागि पानीको प्रयोग हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]