२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अभिभावकहरुले बच्चालाई मोबाइल दिदा आँखाको दृष्टि समस्यामा बढदै

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ ०९, २०८१

(ABC-Sanchar)
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को पछिल्लो तथ्यांकअनुसार विश्वमा हाल करिब दुई अर्ब ६० करोड मानिसमा कुनै न कुनै रुपमा आँखामा समस्या छ । सन् २०५० सम्म यो संख्या बढेर पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १० प्रतिशतमा गम्भीर दृष्टिविहीनको समस्या हुनसक्ने आँकलन छ ।

किन बढिरहेको छ आँखाको समस्या ?

आँखाको समस्या बढ्ने प्रमुख कारण आधुनिक जीवनशैली हो । अबको १० देखि २० वर्षसम्ममा आँखाको समस्याले डरलाग्दो रुप लिनसक्ने देखिन्छ । अहिले प्रविधिको विकास भएको छ । सहरीकरण बढेको छ । खानपान पहिलेभन्दा बदलिएको छ । बदलिएको जीवनशैलीले शरीरलाई मात्र होइन, आँखालाई पनि समस्या पार्छ ।

जुनबेला आधुनिक साधन थिएन, त्यसबेला बच्चाहरु बढीभन्दा बढी समय हजुरबा-हजुरआमासँग बिताउँथे । उनीहरु खुल्ला ठाउँमा खेल्ने, हिंडने गर्थे । जसकारण टाढासम्म हरियाली वातावरणमा उनीहरुको आँखा पुग्थ्यो । साथै, विषादी नभएका ताजा पोषणयुक्त खानेकुरा खान पाउँथे । आँखा तेजिलो हुन्थ्यो । र, वंशाणुगत बाहेक आँखाको समस्या बुढयौलीमा मात्र देख्न हुन्थे ।

तर अहिले हेर्ने हो भने बच्चा बामे सर्न पाएको हुँदैन । उनीहरुलाई भुलाउने बहानामा मोबाइल हातमा राखिदिएको हुन्छ । बिस्तारै उसको लत मोबाइलमा बस्छ । र, परिवारसँग घुलमिल हुन खोज्दैन । बाहिर जान मन नगर्ने, स्कुल जान मन नगर्ने, साथी बनाउन मन नगर्ने र समय खाना खाँदादेखि सुत्दासम्म डिजिटल उपकरणमा व्यस्त हुन्छन् ।

यसरी बिहान उठेदेखि मोबाइल नै चलाएर भिडियो गेम हेर्ने, सामाजिक सञ्जालमा भिडियो मात्र हेर्ने, विद्यालयबाट फर्केपछि चारदेखि पाँच घन्टासम्म कोठाभित्र बसेर गृहकार्य गर्न लगाउने, कोठाभित्रै खेल्ने, विद्यालयमा पनि अधिकांश समय कक्षाकोठामा बिताउने र खाली समयमा डिजिटल उपकरण (कम्प्युटर, मोबाइल तथा भिडियो गेम) प्रयोग गर्दा आँखाको नजिक राखेर आँखा पटक्कै नझिम्काउने गर्दा आँखा सुक्खा हुने, आँखाको दृष्टि नजिकको वस्तु मात्रै हेर्ने वातावरणमा अभ्यस्त हुन थालेसँगै मायोपियाको समस्या बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]