२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

मुग्लिन सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खस्यो

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ १३, २०८१

(ABC-Sanchar)
चितवन । नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिन बजारनजिक तुइन खोलाआडमा सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको छ । आइतबार बिहान नौ बजेतिर भएको उक्त घटनापछि उद्धार कार्य जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एक्स्काभेटरभित्र अपरेटर पनि रहेको र उनको उद्धार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

‘सडकमा काम गदै गर्दा माथिबाट ढुंगा खसेर मेसिनमा क्षति पुर्‍याएको र अपरेटरको उद्धार भइरहेको भन्ने प्रारम्भिक जानकारी छ । विस्तृत विवरण आइपुगेको छैन,’ डीएसपी रिजालले भने । भरतपुरको डिभिजन सडक कार्यालयलले घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा भइरहेको संयुक्त ला.प.से./मा.प.से. सरप्राइज चेकिङमा *मुख्यमन्त्री यामलाल कंडेल आफैं स्थलगत निरीक्षणमा पुगेका छन्।* *घटना कहाँ/कहिले:* सुर्खेतको वीरेन्द्रनगर-२ गिरिघाट क्षेत्रमा आइतबार बिहान ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सरप्राइज चेकिङ गरिरहेको थियो। सोही समय मुख्यमन्त्री कंडेल गाडी रोकेर चेकिङ स्थलमा […]

बाँके । *घटना विवरण:* नेपालगन्ज-जमुनाह नाका स्थित जमुनाहा मन्दिर पछाडि क्यारिङ्गको सामान लैजाँदै गरेकी एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा महिलाले उल्टै प्रहरीलाई दाँतले टोकेर सामानसहित भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। *भिडियोमा देखिएको:* 1. सशस्त्र प्रहरीले महिलाको झोला/सामान समातेर सोधपुछ गर्दै गरेको 2. महिलाले एक्कासी प्रहरी जवानको हातमा दाँतले टोकेको 3. प्रहरी […]

दाङ । लामो समयदेखि दाङको घोराहीमा बसेर पत्रकारिता, साहित्य एवं सामाजिक अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सबिन प्रियासनले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको छ। घोराही बनाउ अभियानका संयोजक समेत रहनुभएका प्रियासनले पछिल्ला दिनहरुमा दाङ अनि घोराहीलाई बनाउने सवालमा विभिन्न सृजनशील अवधारणाहरू अगाडि सार्दै त्यही अनुसारका गतिविधिहरु गरिरहनु भएको छ । यही क्रममा उहाँले […]

error: Content is protected !!